नियम ५
स्थायी सम्बन्धन प्रदान गर्ने
(१) नियम ४ बमोजिम अस्थायी सम्बन्धन प्राप्त गरेका उच्च माध्यमिक विद्यालयले यस नियमावलीमा उल्लिखित र परिषद्ले तोकि दिएको शर्तहरु पूर्णरुपले पालना गरी दुई वर्षको एक शैक्षिक तह पुरा गरी सकेपछि त्यस्ता विद्यालयहरुले प्राप्त गरेको नतिजालाई समेत ध्यानमा राखी परिषद्ले स्थायी सम्बन्धन प्रदान गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम स्थायी सम्बन्धन प्रदान गर्नु अघि परिषद्ले सम्बन्धित उच्च माध्यमिक विद्यालयको शैक्षिक, भौतिक र अन्य आवश्यकीय पक्षहरुको स्थलगत अध्ययन गर्नेछ ।